November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिनिधि सभा विघटन पछि ध्यान प्रदेशसभा तर्फ

3K

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले प्रदेशसभामा ‘राजनीतिक हस्तक्षेप’ हुनसक्ने अभिव्यत्ति दिएसँगै राजनीतिक वृत्तमा थप नयाँ तरंग उत्पन्न भएको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलकी मन्त्री तुम्बाहाङ्फेले सोमबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश संकटबारे बोल्दै यस्तो अभिव्यत्ति दिएकी थिइन् ।

‘राष्ट्रिय स्तरमा पार्टीभित्र भएको जुन तनाव र समस्या छ, त्यसको प्रभाव त्यहाँ (प्रदेशसभामा) पनि परेको छ’, तुम्बाहाङ्फेले भनेकी छिन्, ‘प्रदेशसभाको ऐन र नियमवाली छ, त्योअनुसार उसले गर्न सक्ने सम्भावना रहन्छ ।’

नेकपा विभाजनसँगै लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का सरकारहरु अल्पमतमा परेका छन् । जहाँ ओली पक्षीय नेताहरु नै मुख्यमन्त्रीको रुपमा छन् ।

Advertisement

हाल प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता भएको छ । दुवै प्रदेशका मुख्यमन्त्रीलाई बहुमत पुर्याउन निकै सकस छ । आफुँ पक्षीय मुख्यमन्त्रीहरु संकटमा पुगेका बेला ओलीले प्रदेशसभाहरु भंग गर्नसक्ने सम्भावना यसअघिदेखि औल्यांइएको थियो । जसबारे तुम्बाहाङ्फेको संकेतले तरंगीत बनाएको हो ।