April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

माओवादी निकट सङ्गठनका ८० बढी नेताकार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

1.9K

काठमाडौं । नेकपा माओवादी निकट संगठनका ८० जना बढी नेताकार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टी निकटको संगठन नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनमा प्रवेश गरेका छन् । माओवादी समर्थक अखिल नेपाल सेक्युरिटी मजदुर सङ्घबाट विद्रोह गरी उनीहरू नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनमा प्रवेश गरेका हुन् ।

शनिबार काठमाडौंमा भएको प्रवेश कार्यक्रमकमा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रेमबहादुर कार्कीले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए । अध्यक्ष कार्कीले कार्यक्रममा बोल्दै मजदुरहरु देशको मेरुदण्ड रहेको तर सरकारको तहबाट मजदुरको हक हित र अधिकारका विषयमा खासै वास्ता नगरेको आरोप लगाए । ‘सरकाले श्रमिक सम्बन्धी कानून बनाएका छन् । तर, कानून बनाएर मात्रै श्रमिकले न्याय पाउँदैनन् । त्यो कानून कार्यान्वयनमा एकदम फितलो छ ।’ उनले भने, ‘अब त्यो कानूनलाई कार्यान्वयन गराउन हामीले योगदान गर्नुपर्छ । यदी हामीले पनि सकेनौ भने हाम्रो संगठनको औचित्य छैन ।’

एकिकृत ट्रेड यूनियन महासंघको अध्यक्ष विष्णु प्रसाद लम्सालले अहिलेको संगठनहरु ‘एल्लो यूनियन’ जस्तो भएको बताए । ‘नेताको गुलाम गर्नको लागि बनाइएको होइन यो संगठन । मजदुरको अधिकारको निमित्त निर्माण गरिएको हो ।’, कार्यक्रममा बोल्दै लम्सालले भने ।

Advertisement

उनले यो व्यवस्थामा पनि मजदुहरू मालिकबाट सधैं पिल्सिइरहनु दुःखद भएको बताए । ‘हाम्रा नेताहरु गरिबको नेता भएनन् । संगठनका नेताहरू पनि चाकडीबाज भए । एल्लो यूनियनिजम जस्तो ।’, उनले भने ।

आफ्ना अधिकार प्राप्तीको लागि एकजुट हुनुपर्ने महासचिव गोविन्द हुमागाईंले बताए । ‘हामी कहाँ मजदुर घसंगठन छ, च्याउ सरी । यतिका संगठनहरुले अहिलेसम्म मजदुरको अधिकारको निमित्त काम गरेको नगरेको भन्दै महासचिव हुमागाईँ भने, ‘अब सम्पूर्ण मजदुरको अधिकारका लागि हामी लड्ने छौं । हामीले अहिलेसम्म कु¥यौं सरकारले उचित किसिमको नीति नियम ल्याउँछ कि भनेर तर अहिलेसम्म केही गरेन ।’

सोही कार्यक्रममा माओवादी निकट अखिल नेपाल सेक्युरिटी मजदुर संघका नेता कार्यकर्ता उद्वव प्रसाद दाहालको नेतृत्वमा ठूलो संख्यामा मजदुर नेताहरू नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनमा प्रवेश गरेको बताए । दाहालले उक्त पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेतृवामा प्रवेश मजदुरलाई प्रयोग गरी नेताहरू चिल्ला गाडीमा सवार भएर कार्यकर्ताकै समस्या नबुझेको आरोप लगाए । नवप्रवेशी दाहालले भने, ‘उनीहरू हाम्रा समस्या देखाउँदै मालिकहरुसँग पैसा असुल्थे ती दलालहरु अहिले चिल्ला भएका छन् । हाम्रा कुरा कुन्दैनन् । हाम्रा समस्या देख्दैनन् ।’

एकीकृत ट्रेड युनियन महासंघ नेपाल राष्ट्रिय कमिटिका अध्यक्ष विष्णु लम्सालको प्रमुख आतिथ्यमा भएको संगठन प्रवेश कार्यक्रममा देशका सातै प्रदेशलाई प्रतिनिधित्व गर्ने माओवादी समर्थक अखिल नेपाल सेक्युरिटी मजदुर संघका उद्वव प्रसाद दाहालले संगठन छाड्नु पर्ने कारण र विषयहरुका बारेमा जानकारी गराए ।