June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : विमलेन्द्र निधि

1K

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै निधिले राष्ट्रपति रामचन्दै पौडेलले विधेयकलाई तत्काल प्रमाणीकरण गर्नपर्ने बतएका हुन् ।

निधिले विधेयक प्रमाणीकरण लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको पनि दाबी गरे ।

विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई सुझाब दिँदै निधिले भने, ‘आजको समाचारपत्रहरुमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौं । यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नुभएको छ अरे भनेर सुनेको छु । म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नुभएको छ । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद नै हुन्छ । अब त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन । र, त्यहींबाट प्रमाणित नै हुनुपर्दछ ।’

Advertisement

उनले संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु संविधानसम्मत नै हुने र त्यसका लागि कुनै परामर्श र छलफल आवश्यक नभएको पनि बताए ।