काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आज भ्रष्टाचार विरुद्ध देशभर प्रदर्शन गरिरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप देशैभरी प्रदर्शन गरिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालला तुलाधरले बताए ।
आज बैशाख २८ गते दिनको १ बजे देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ कार्यक्रममा ‘जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनको यस अभियानमा साथ दिन पार्टीका सबै तहका सङ्गठनहरू समक्ष हार्दिक अनुरोध गर्दछौ ।’ तुलाधरले भने ।

हिजो माइतीघर मण्डलामा पार्टीको मोर्चा संगठनको तर्फबाट प्रदर्शन भएको पार्टीका उपमहासचिव तथा मोर्चा फाँट प्रमुख डा.विजय पौडेलले बताए ।
देशमा विद्यमान भ्रष्टाचार लगायत नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन र कारबाही प्रक्रिया टुंग्याउन दबाब दिने उद्देश्यले कार्यक्रमहरू भएको उनले बताए । कार्यक्रममा मोर्चा संगठन प्रमुख पौडेल सहित पार्टीका उपाध्यक्ष तथा अनेमसंघ समाजवादीकी अध्यक्ष जयन्ती राई, दलित मुक्ति सङ्गठनका अध्यक्ष गणेश विके, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम वाँस्कोटा, अनेरास्ववियूका अध्यक्ष सुुदेश पराजुली, जनसांस्कृतिक महासंघका महासचिव ऋृषि अधिकारी, खेलकुद महासंघका विनोद मैनाली, युवा संघ नेपालका कृष्ण विक लगायत नेताहरुले देशमा विद्यमान भ्ष्टाचारका समावालमा खेल्नुपर्ने भूमिकाको बारेमा बोलेका थिए ।
