February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

खाँणलाई चार दिन थुनामा राख्न अदालतको आदेश

1.1K

काठमाडौं । पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई अनुसन्धानका लागि चार दिन थुनामा राखिने भएको छ ।

जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाँणलाई चार दिन थुनामा राख्न अनुमति दिएको हो ।

चाबहिलको मैजुबहालस्थित भाडाको घरमा बस्दै आएका खाँणलाई बुधबार बिहान जिल्ला प्रहरी परिसरबाट खटिएका प्रहरीले पक्राउ गरेका थिए । आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् ।

Advertisement

खाँडसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएपछि उनी पक्राउ परेका हुन् ।