काठमाडौं । संवैधानिक परिषद्को बैठक सोमबार साँझ ६ बजे बस्दैछ। अस्तिकै बैठकको निरन्तरताका लागि बोलाइएको बैठक आज साँझ बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।
आज बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना छ। बैठकको थप कार्यसूची भने खुलाइएको छैन ।