काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार २४४०६ मतसहित वाग्ले अग्रस्थानमा छन् ।
यस्तै, काँग्रेसका गोविन्द भट्टराईले १४१८२ मत प्राप्त गरेका छन् भने एमालेका सर्वेन्द्र खनालले ७०२६ मत प्राप्त गरेका छन् ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन्।
चितवन क्षेत्र नम्बर २ मा अहिलेसम्म ४७१६२ मत गनिसकिएको छ ।