February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

तीनै क्षेत्रको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

1.1K

काठमाडौं। तीनै क्षेत्रको उपनिर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । उनका अनुसार यकिन तथ्यांक प्राप्त भैनसकेपछि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको छ ।

Advertisement