January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

निर्वाचनको विकल्प छैन: ईश्वर पोखरेल

1.1K

काठमाडौं: उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले लोकतन्त्र र संविधान रक्षाका लागि चुनावको विकल्प नरहेकाले चुनावको तयारीमा लाग्न आग्रह गर्नुभएको छ  । नेकपा सिरहाले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमबार सिरहाको चोहर्वामा सम्बोधन गर्दै पोखरेलले भन्नुभयो, ‘‘चुनाव हुने कि नहुने द्विविधा मनबाट हटाएर नेकपाका सबै तहका नेता कार्यकर्ता चुनावको तयारीमा लागौँ ।’’

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई कार्यान्वयन गर्न विभिन्न क्षेत्रमा काम अगाडि बढाइरहेकै बेला आफ्नै पार्टीका केही नेताले सरकार र पार्टी दुवैलाई असफल बनाउने प्रयास गरेपछि संसद् विघटन गरेर चुनावको घोषणा गर्नुपरेको उहाँले प्रष्ट्याउनुभयो । नेकपालाई जनताले पाँच वर्ष स्थिर सरकार चलाउन जनमत दिएकाले तीन वर्षमै सरकार ढल्नु दुर्भाग्य भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीमाथिको आरोपपत्र फिर्ता र तोकिएको मितिमा चुनावमा जान तयार भए अझै पनि एकता हुन सक्ने तर्क गर्नुभयो ।

Advertisement