February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

मजदुर सङ्गठनका प्रतिनिधि र मन्त्री ज्वालाबीच भेटघाट, यातायात र यातायात मजदुरका सवाल बारे सुझाव पेश 

2.1K

काठमाडौं ।  एकीकृत यातायात मजदुर संगठन नेपाल र स्वरोजगार यातायात मजदुर सङ्गठनका नेतृत्व र भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वाला बिच भेटघाट तथा छलफल सम्पन्न भएको छ। 

सोमबार एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसीटीयूका अध्यक्ष  विष्णु लम्सालको नेतृत्वमा एकीकृत यातायात मजदुर संगठन नेपाल र स्वरोजगार यातायात मजदुर सङ्गठनका नेतृत्व र भौतिक पूर्वाधार तथा यातायात मन्त्री  ज्वालाबीच भेटघाट तथा छलफल  भएको हो ।

भेट तथा छलफलमा यातायात क्षेत्र सुधार तथा सार्वजनिक यातायातका सवारीसाधनलाई मात्र लगाइएको अव्यावहारिक २० वर्षे नीति खारेज गरी यान्त्रिक परीक्षणको आधारमा सवारीसाधन चलाउने व्यवस्था गराउनुपर्ने, यातायात क्षेत्रमा देखिएका अव्यवहारिक जरिवानाका समस्याहरु, पिक एण्ड ड्रप र पार्किङका समस्या, प्रदुषण जाँचपास, यातायात व्यवस्था विभाग र यातायात व्यवस्था कार्यालयको काम लगायत समग्र यातायात क्षेत्र र यातायात मजदुर क्षेत्रका समस्या र समाधानका सवालको विषयमा लिखित रुपमा पनि ध्यानाकर्षण र सुझाव दिइएको एकीकृत यातायात मजदुर संगठन नेपालका अध्यक्ष रवि केसीले बताए ।

Advertisement

भेटघाट पछि मन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एकीकृत यातायात मजदुर संगठन नेपालका अध्यक्ष रवि केसी र स्वरोजगार यातायात मजदुर सङ्गठनका अध्यक्ष खड्ग गिरीद्वारा संयुक्त रुपमा  हस्ताक्षरित सुझाव समेत हस्तान्तरण गरेका थिए ।