काठमाडौं । जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नौ दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार टुंगो लगाउन नसकेपछि जनमत पार्टीबाट झाले उम्मेदवारी दिएकी हुन् ।
झाले निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वर पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।