June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

ओलीलाई मेटमणिको कटाक्षः फुटाऊ र राज गरको बाटो त्याग्ने कि !

२०७९ फाल्गुन २६

1.8K

काठमाडौं । एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीलाई घुमाउरो शैलीमा कटाक्ष गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा नौ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल भारी मतसहित विजय भएपछि उनले सामाजिक संजालमा लेखेका छन्, ‘अझै पनि राजनीतिमा ढाँटको खेति गर्ने, झुक्याएर अघि बढ्ने, विभाजन गर्ने र अरुको अपमान गरेर रमाइलो मान्ने चेतना भइरह्यो भने सधैभरिलाई एक्लो भइन्छ ।’

एकीकृत समाजवादीका सांसदसमेत रहेका चौधरीले केपी ओलीप्रति लक्षित गर्दै घमण्ड त्याग्न, सत्य कुरा गर्न र अरुले महसुस गर्नेगरि व्यवहारमा देखाउन सुझाएका छन् ।

Advertisement

राष्ट्रपति निर्वाचन अघि माधव नेपालसँगको वार्तामा ओलीले ३ घण्टा गफ दिएको प्रसंग कोट्याउदै सांसद चौधरीले फेसबुकमा लेखेका छन् ‘अरुको अपमान हुनेगरि ३ घण्टा बोलेर बहादुर र जान्ने भइन्छ भन्ने चेतनाबाट मुक्त बन । भ्रमको खेति नगर । अरु पनि बुझ्ने छन् भन्ने बुझिराख । अनि मात्रै राजनीतिमा पार पाइन्छ ।’