दार्चुला । नेकपा एकीकृत समाजवादी दार्चुला जिल्ला कमिटीको चौथो विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले जिल्लाका ९ ओटै पालिकामा संगठन सुदृढीकरण निर्माण अभियान सञ्चालन गर्ने कार्ययोजना निर्माण गरेको गरेको अध्यक्ष बिरबहादुर ठगुन्नाले जानकारी दिए ।
संगठन सुदृढीकरण, संगठन निर्माण अभियान चैत १० गते देखि सुरु हुने छ । अभियान १ महिना सम्म चल्ने भएको छ । अभियानका दौरानमा संगठन सुदृढीकरण, सदस्यता नवीकरण, नयाँ सदस्य प्रदान गर्ने लगायतका कामहरू गरिने छन् ।
नेकपा एकीकृत समाजवादी दार्चुलाका अध्यक्ष बिरबहादुर ठगुननाको अध्यक्षतामा मंगलबार सम्पन्न भएको विस्तारित बैठकमा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमार ज्ञवाली प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा केन्द्रीय सदस्य एवं दार्चुला इन्चार्ज नरेन्द्र बिष्ट रहेका थिए ।
यसैगरी बैठकले थप ५ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको छ । मनोनित हुनेमा बसन्ती ठगुन्ना, आनसिंह धामी, भासिंह धामी, धनीषा पाल र राजेन्द्र महता रहेका छन् । उनीहरूलाई पोलिटब्युरो सदस्य रामकुमार ज्ञवालीले सपथ ग्रहण गराएका थिए ।