April 20, 2026, Monday
२०८३ बैशाख ८
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दा इमोसन्ल ब्लेकमेलिङ: मेटमणि चौधरी

२०७९ फाल्गुन २३

1.8K

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दा इमोसन्ल ब्लेकमेलिङ भएको बताएका छन्। सचिव चौधरीले फेसबुकमा स्टाट्स लेख्दै प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपतिको चुनाव अगाडिको इमोसन्ल ब्लेकमेलिङ भएको बताएका हुन्।

उनले लेखेका छन्, ‘कमरेड प्रचण्डविरूद्ध सर्बोच्चमा गरेको रिट र हुन सक्ने संभावनाको विषय केवल भ्रमित कुरा मात्रै हो। तत्कालीन समयमा-संयुक्त राष्ट्र संघको रोहवरमा नेपाल सरकार र विद्रोही पक्षकोबीचमा प्रक्रिया मिलाएर टुङ्गोमा पुगेको विषय हो। हो केही काम बाँकी छ। यो सरकारकारले टुङ्गोमा पुर्याउने विषय हो। यसैले कस‌ले पनि अनावश्यक यो र त्यो होला भनेर त्रसित नबनौं र खुशीपनि हुनु जरूरी छैन। यो फगत भ्रम हो। प्रक्रियाले यो टुङिन्छ। राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सि लडाइँ हो। इमोसन्ल ब्लेकमेलिङ हो।’

Advertisement