June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

८ दलले सांसदहरूलाई प्रशिक्षण दिइने

२०७९ फाल्गुन १८

1.2K

काठमाडौं । संघीय सांसदहरूलाई आज प्रशिक्षण दिइने भएको छ । नेपाली काँग्रेससहित ८ दलले आज काठमाडौंमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागेको हो।

राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि रोयल बैंक्वेट तीनकुनेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।रोयल बैंक्वेट तीनकुनेमा हुने प्रशिक्षण कार्यक्रममा काँग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको छ।

गत फागुन १२ गते राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने ८ दलले निर्णय गरेका थिए। त्यसको भोलिपल्ट कँग्रेसले नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोही दिन फागुन १३ मा पौडेलले राष्ट्रपतिमा मनोनयन दर्ता गराएका थिए।

Advertisement

साथै ८ दलले शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रियासमेत गर्ने भएका छन्। काँग्रेससहित दलहरूले पदाधिकारीलाई सम्बन्धित प्रदेशमा खटाइसकेका छन्।