April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

प्रतिनिधिसभाको बैठक बस्दै

२०७९ फाल्गुन १०

1.5K

काठमाडौं।  प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्नेछन् ।

Advertisement

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण  निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।