काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्किन्छ भन्ने थाहा नभएको बताए । आइतबार किर्तिपुरमा पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् ।
नेपालले राष्ट्रपतिको चुनाव पछि यस सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताएका छन् । सत्ताधारी गठबन्धनमा संविधान निरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरू भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालको धारणा थियो ।
यतिबेला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिए ।