April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दुर्गा प्रसाईंलाई कारवाही गर्न सिफारिस

1.2K

काठमाडौं । पूर्व राजपरिवारका सदस्यहरुलाई सहभागी गराइ कार्यक्रम गरेर आलोचित बनेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारवाहीका लागि सिफारिस गरिएको छ । नेकपा एमाले प्रदेश १ कमिटीले प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको हो ।

शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै नेता एवं व्यवसायी प्रर्साईंसहित ८१ जनालाई कारबाही गर्न एमाले केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि प्रर्साईंलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।

Advertisement