April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन सक्दैनन: नेता सिंह

5.9K

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले देश चलाउन नसकिने बताएका छन् । विजय स्मारक माध्यामिक विद्यालयको ६७ औं बार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगाएत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताएका हुन् ।

उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको धारणा राखे । राजनीति लगाएत जुनसुकै क्षेत्रमा स्थापीत हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ । त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे ।

mostbet

जनताले नै मिलिजुली सरकार बनाउने म्याण्डेड दिएको अवस्थामा दलहरु पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उनले बताए । नेता सिंहले आफुले निर्वाचनमा उठ्दा जनतासामू गरेका प्रतिवद्धताहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताएका छन् ।

Advertisement