April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिको राष्ट्रिय सम्मेलन हुने

1.1K

काठमाडौं । स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिको राष्ट्रिय सम्मेलन २०८० वैशाख १८, १९ र २० काठमाडौंमा हुने भएको छ । स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्नो राष्ट्रिय सम्मेलन २०८० वैशाख १८, १९ र २० काठमाडौंमा हुने बताइएको छ।

स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले बेरोजगारीका विरुद्ध रोजगारी, भ्रष्टाचारका विरुद्ध सदाचार, कुशासनका विरुद्ध सुशासन, अनेकताका विरुद्ध एकता, विपन्नताका विरुद्ध सम्पन्नता, अशान्ति र अराजकताका विरुद्ध शान्ति, छटपटीका विरुद्ध आनन्द यसका उद्देश्य रहेको बताइएको छ। समाधान मूलक ’राष्ट्र पहिलो, अभियान’बाट सरकारले समेत सकारात्मक एवं समाधानात्मक सहयोग पाउने जनाएको यो अभियानले जनाएको छ।

पत्रकार सम्मेलनमा कृषक, श्रमिक, शिक्षक, प्राध्यापक, पत्रकार, वकिल, कर्मचारी, विद्यार्थी आदि वर्गीय सङ्गठनहरूको नेतृत्व सम्बन्धित वर्गबाटै हुनेछ । प्रत्येक राजनीतिक दल अथवा संस्थासँग सम्बद्ध अथवा आबद्ध राष्ट्रप्रेमीहरूका बीचमा व्यापक, विस्तृत र गम्भीर विचार–विमर्श गर्दै राष्ट्रहितमा केन्द्रित समाधानमूलक निश्कर्ष निकालेर क्रमशः सार्वजनिक गर्दै लगिने तथा व्यवस्थापन तथा उत्तरदायित्व निर्वाहका लागि संयोजकहरू रहे तर सह–अस्तित्वमा आधारित यस पवित्रतम राष्ट्रिय अभियानका सम्पूर्ण अभियन्ताहरूको मर्यादाक्रम समान हुनेपनि पत्रकार सम्मेलनमार्फत जनाइएको छ।

Advertisement

हालसम्म देशभरका विभिन्न ३० जिल्लामा जिल्ला समिति गठन भइसकेको र बाँकी जिल्लाहरूमा क्रमशः गर्दै गइने स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले जनाएको छ।

राष्ट्रिय सम्मेलन आयोजक मूल समितिका संयोजकको अध्यक्षतामा २०७९।११।०३ मा बसेको सचिवालय बैठकले विभिन्न जिल्लाका अभियन्ताहरूबाट आएको सुझावका आधारमा यही फागुन ५, ६ र ७ गते आयोजना गर्ने भनिएको राष्ट्रिय सम्मेलन २०८० वैशाख १८, १९ र २० गते संघीय राजधानी काठमाण्डौमा आयोजना गर्ने निर्णय भएको स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले जनाएको छ।

स्वतन्त्र उमेवार तथा बैकल्पीक राजनितिक शक्तिको राष्ट्रिय सम्मेलन मुल आयोजक समितिका समितकासंयोजक डा। नन्दप्रसाद काप्रीले देशभरीका पार्टहरुलाई सबैलाई एउटै साझा बनाएर राष्ट्रिय निकास दिनुपरेकफ बताए। उनले भने,‘अहिलेको सरकारलाई सडकबाट जनदबाव दिनुपर्यो। त्यसो भएन भने प्रतिपक्षविहिन संसद भएको अवस्थामा फेरि सरकार जनताप्रति उत्तरदायित्व भएन खबरदारी हुँदैन। खबरदारी गर्नेका लागि एउटा सशत्क नागरिक समूह निर्माण गर्नुपर्छ भन्ने महान उद्धेश्य राखेर हामी अगाडि बढिराखेका छौं।’

यस्तै, अधिवक्ता स्वागत नेपालले सांसद्हरु खरिदबिक्रिमा रेहको बताएका छन्। उनले सांसदहरु खरिदबिक्रीमा रहेको हुदाँ बिदेशीले मनलागेको बेला खरिद बिक्री गर्ने गरेको र सरकार ढल्ने गरेको बताए। उनले भने,‘सांसदहरु खरिदबिक्रीमा छन्। बिदेशीले मनलागेको बेला खरिद–बिक्री गर्छन अनि सरकार ढल्छ। सांसद्हरुलाई पार्टले ह्वीप लगाउँछ। आफ्ना कुराहरु बोल्न सक्दैनन।’

यसैगरी गेलु शेर्पाले देशको ब्यवस्थाप्रति चरम असन्तुष्टी पोखे । उनले देशका सबै ठाउँमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती भएको भन्दै त्यसलाई कम गर्न बिदेशी दलाल बाहेकका सबै नेपालीहरुले राष्ट्र निर्माणमा एक भएर अगाडि बढ्नुपर्ने बताए।

त्यस्तै डा.बलदेव अधिकारीले प्रत्येक नेपालीलाई नेपालीसँग विभाजित गरिदैं आएको बताए। उनले भने,‘प्रत्यके नेपालीलाई नेपालीसँग विभाजित गरिदैं आएको छ । मुलुकमा अराजकताको खेति मौलाउँदैछ। भोटको राजनीतिलाई भूराजनीतिले खाइदिन्छ।’ पत्रकार सम्मेलनको सञ्चालन सुनिल प्रसाद शाहले गरेका थिए।