March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

स्ववियु निर्वाचनमा प्रतिगमनलाई कसरी ‘क्याच आउट’ गर्ने चैत ५ गते थाहा हुन्छः पराजुली

1.3K

काठमाडौं । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठनले जित्न बताएका छन् । अनेरास्ववियू कास्की जिल्ला कमिटीद्वारा आयोजित अखिल कप फुटबल प्रतियोगिताको उद्घाटनमा बोल्दै अध्यक्ष पराजुलीले स्ववियु निर्वाचन आफ्नो पक्षमा आउने बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनको सन्दर्भमा अन्य सङ्गठनलाई छक्का हान्ने बताएको सन्दर्भलाई जवाफ दिँदै अध्यक्ष पराजुलीले त्यो छक्का कसरी क्याच आउट गर्नुपर्छ भन्नेकुरा आफूहरूलाई राम्रोसँग जानकारी भएको बताए ।

pinup pin up pin up pinup

उनले भने, ‘हामी त्यस्ता मान्छे हौं ओली प्रतिगमनलाई क्याम्पस क्याम्पसबाट कसरी कसरी “क्याच आउट” गर्नुपर्छ भन्ने कुरा चैत ५ गतेको फिल्डिङ हेर्न चुनौती दिन्छु ।’, अध्यक्ष पराजुलीले बताए ।

Advertisement

चैत ५ गतेका लागि तोकिएको स्ववियु चुनावको तयारीलाई आफ्नो संगठनले तिव्रता दिएको उनको भनाई थियो ।