June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

अग्रगमनको पक्षमा उभिनेहरू एकताबद्ध हौऔं : माधव नेपाल

1.1K

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न आह्वान गरेका छन् । बुधबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट पाइसकेको बताएका हुन् ।

राजतन्त्र फर्काउने उद्घोषसहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको एक कार्यक्रमप्रति लक्षित गर्दै अध्यक्ष नेपालले प्रतिगमनको पक्षमा कोको र अग्रगमनको पक्षमा को को उभिने कित्ता क्लियर गर्नुपर्ने बेला आएको बताए । उनले भने, ‘अग्रगमनको पक्षमा उभिनेहरू एकताबद्ध हौऔं ।’

अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनलाई ‘खिचडी गठबन्धन’ भन्दै यो संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध नरहेको बताए। अहिलेको सत्ता गठबन्धन परिवर्तनप्रति गौरवबोध गर्ने खालको नभएको उनको भनाइ थियो ।

Advertisement