कैलाली । अनेरास्ववियू कैलालीको सक्रियतामा कैलालीका विभिन्न विद्यालयमा अनेरास्ववियूका इकाई कमिटी गठन गरेको छ । कैलालीको धनगढीमा रहेको शारदा माध्यामिक विद्यालयमा जीवन शाही अध्यक्ष र प्रकाश बोहोरा सचिव रहेको ३१ सदस्यीय इकाई कमिटी गठन गरिएको छ ।
अनेरास्ववियूका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी सचिवालय सदस्य रण बहादुर चन्दको प्रमुख आतिथ्यमा सो कमिटी गठन गरिएको अनेरास्ववियुले जनाएको छ ।
त्यस्तै कैलालीको सरस्वती माध्यामिक विद्यालय मनोहरामा पनि इकाई कमिटी गठन गरिएको अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य रणबहादुर चन्दले जानकारी दिनुभएको छ । इकाई कमिटीमा सुमिता कुमारी सिजापती मगर अध्यक्ष र पुजा उपाध्याय सचिव रहने गरि ४१ सदस्यीय कमिटी गठन गरिएको छ ।
नेकपा एकीकृत समाजवादी निकट भार्ति संगठन अनेरास्ववियूले देश भर आफ्ना कमिटीहरू निर्माण गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रम अनुसार आफूले जिल्लाका विभिन्न विद्यालयमा अनेरास्ववियूको संगठन पुनर्गठन र विस्तार गरेको नेता चन्दले बताए । आगामी दिनहरूमा पनि कैलालीका विभिन्न विद्यालयमा अनेरास्ववियू का ईकाई कमिटी गठन गर्ने र स्ववियु चुनावमा आफ्नो महत्वपूर्ण उपस्थित जनाउने रणनीतिमा अनेरास्ववियू लागिपरेको छ ।