काठमाडौं । प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न समिति गठन गरेको छ । समितिमा २१ सदस्य रहेका छन् ।
समितिमा सांसदहरु सुवासचन्द्र नेम्बाङ, अमरेशकुमार सिंह, गंगाधर चौधरी, अनिता देवी, नागिना यादव, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भ्टटराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।
प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मतले पारित गरेको छ । यो समितिलाई १५ दिनको समय तोकिएको छ र समितिको सभापति समितिले चयन गर्नेछ ।