April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

परिवार दलका प्रतिनिधिले सभामुखलाई दिए बधाई, अध्यक्ष ढकालले जनाए प्रतिबद्धता

1.4K

काठमाडौं । संबिधान निर्माणमा महत्वपुर्ण योगदान गरेको नेपाल परिवार दलले प्रतिनिधि सभाका नव निर्बाचित सभामुख देवराज घिमिरेलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ।

भेटमा प्रतिनिधि सभाका सदस्य तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो पार्टी र नेकपा एमालेसंगको सहकार्यको बारेमा समेत सभामुखलाई जानकारी दिंदै सभामुखको नेतृत्वमा संसदलाई प्रभावकारी बनाउन आफुले समेत सक्दो योगदान गर्ने बताए ।

भेटमा परिवार दलका महामन्त्रीद्वय सन्तोष कुमार पौडेल र प्रकाशबाबु थापा, सह महामन्त्री तथा संबिधान सभाकी सभासद मिलन कुमारी राजबंशी, केन्द्रिय सदस्यहरु ढुन्दिराम खनाल, कामना भुसाल, जितेन्द्र श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो।

Advertisement

नेपाल परिवार दलले बिगत पाँच वर्षदेखिनै नेकापा एमालेसंग सहकार्य गर्दै आएको छ र गत आम निर्वाचनमा पनि उक्त दलले नेकपा एमाललेलाई समर्थन गर्दै सुर्य चिन्हमा मतदान गरेको थियो। सहमति अनुसार संसद बाहिर परिवार दलको स्वतन्त्र अस्तित्व रहेपनि संसद भित्र भने सांसद ढकाल नेकपा एमालेको संसदीय दलको सदस्य रहने छन्।