February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको माधव नेपालको भनाइ 

1.3K

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको बताए।

शनिवार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित रौतहट काठमाण्डौ सम्पर्क मञ्चले आयोजना गरेको समसामयिक राजनैतिक विषयमा प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

नेपालले नेपालको राजनैतिक साथै आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको ओल्याउँदै इमान्दारिता निष्ठा र समर्पण भावले राजनीति गर्नुपर्नेमा जोड दिए ।

Advertisement