February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

प्रधानमन्त्रीप्रति सिके राउतको आक्रोश : शासक वर्गले मधेशी र थारुलाई बुलडोज गर्यो

1.5K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) ले मधेशी दलहरुमाथि शासक वर्गले बुलडोजर चलाएको आरोप लगाएका छन् ।

प्रचण्ड प्रधानमन्त्री भएकै दिन एक जना मन्त्री पठाएको जनमत पार्टीले मागेको मन्त्रालय नपाएपछि राउत आक्रोशित भएका हुन् । बिहीबार बिहान ट्वीटर मार्फत राउतले शासक वर्गले मधेशी र थारुलाई बुलडोज गरेको भन्दै त्यसको प्रतिकार गर्ने चेतावनी दिए ।

राउतले प्रधानमन्त्री प्रचण्ड र एमालेप्रति इंगित गर्दै जनमत पार्टीको मात्रै कुरा नभई जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी सबैलाई पाखा लगाउँदै शासक वर्गले बुलडोज गरेका आरोप लगाएका हुन् । पुरै मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गरिएको र यो देश तिम्रो होइन भन्दै दमन गरेको आरोप पनि उनको छ ।

Advertisement

मन्त्रिमण्डल विस्तारका क्रममा राउतले आफ्नो पार्टीलाई उद्योग मन्त्रालय मागेकोमा भागबण्डामा खानेपानी मन्त्रालय परेपछि विना विभागीय मन्त्रीको रुपमा रहेका सो पार्टीका मन्त्री अब्दुल खान मन्त्रालयमा गएका छैनन् ।