April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

घनश्याम भुसाललाई छिट्टै एकीकृत समाजवादीमा आवद्ध हुन आग्रह

1.4K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमाले परित्याग गर्नुभएका नेता घनश्याम भुसाललाई छिट्टै पार्टीमा आवद्ध हुन आग्रह गरेको छ ।

एकता वार्ता समितिका संयोजक समेत रहनुभएका पार्टी महासचिव बेदुराम भुसालले मंगलबार पठाएको जवाफी पत्रमा छिट्टै आवद्ध हुन आग्रह गरिएको छ ।

एमाले छाडेर रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेका भुसालले एकीकृत समाजवादी प्रवेशका लागि प्रस्ताव पठाएका थिए । एकीकृत समाजवादीले उनलाई पार्टीमा आउन स्वागतसहितको पत्र पठाएको हो । अब भुसलालाई छिट्टै पार्टीमा स्वागत गरिने नेताहरूको भनाइ छ ।

Advertisement

महासचिवको दाबी गरिरहेका भुसाललाई उनको इतिहासको उच्चतम मूल्यांकन गर्दै पार्टीमा सम्मानजन र महत्वपूर्ण जिम्मेवारी दिन समाजवादी सकारात्मक छ । भुसाललाई सुरुमा सचिवालय सदस्यको जिम्मेवारीमा ल्याइने बुझिएको छ ।