July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णयको ऐतिहासिक महत्त्व रहेको छ : प्रधानमन्त्री प्रचण्ड

1.2K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयको ऐतिहासिक महत्त्व रहेको बताएका छन् । बुधबार गोरखा हरमटारी खेलमैदानमा सुरु भएको गोरखा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय अर्थपूर्ण दूरगामी र रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अस्तिको दिन क्याबिनेटमा हामीले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय ग¥यौं, यो आफैंमा धेरै अर्थपूर्ण र धेरै महत्त्वपूर्ण निर्णय हामीले लिएका छौँ ।’

सरकारले गरेको उक्त निर्णयबाट नेपाल राष्ट्र, नेपाली जनता र गोरखा र गोरखाली जनताको समेत सम्मान भएको उनको भनाइ छ । प्रचण्डले भने, ‘यस अर्थमा दूरगामी र ऐतिहासी महत्त्वको छ । यस अवसरमा हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु ।’

Advertisement

सरकारले ३०१ औं पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।