काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । आज बिहान राष्ट्रपति भण्डारीले सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।
आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइँदैछ ।
पृथ्वी जयन्तीको अवसरमा आजै राप्रपा र राप्रपा नेपालले पनि माल्यार्पण तथा चियापान कार्यक्रम आयोजना गरेका छन् ।