July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीटीभी क्यामेरा राखौं

1.2K

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीटीभी क्यामेरा राख्नुपर्ने धारणा राखेका छन् । मंगलबार संसदमा सम्बोधन गर्दै उनले देशमा सुशासन कायम गर्न आजैबाट काम सुरु गर्नुपर्ने बताए।

देश विचौलियाले चलाएको दावी गर्दै सिंहले त्यसका लागि सरकार सञ्चालन गर्ने निकायलाई पारदर्शी बनाउनुपर्ने उनको भनाइ छ।

उनले भने,‘देशमा सुशासन कायम गर्ने हो भने सरकारका मुख्य केन्द्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीटीभी क्यामेरा राखौँ। त्यहाँबाट को छिर्छ हेरौँ। सक्नुहुन्छ प्रधानमन्त्री ज्यू !

Advertisement

उनले संसदलाई मर्यादित बनाउन आग्रह गर्दै जनताका पक्षमा काम गर्नेगरी संसदमा आएका सबै सांसदले एकले अर्कालाई घोचपेच गर्ने अभ्यासको आजैदेखि अन्त्य गर्न आग्रह गरेका छन्।