काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू यसपटक ठूलो आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित संसदको रोस्टममा उभिएको बताए । मंगलबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफू यसअघि दुईपटक प्रधानमन्त्री बनेपनि यसपटक चाहिँ फरक संकल्पसाथ संसदमा उभिएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले राजनीतिकर्मी कहीं न कहीँ चुकिरहेको पनि बताए। ‘राजनीतिकर्मी कहीं न कहीँ चुछौँ । त्यसो हुन्नथ्यो भने हाम्रा लाखौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका हुने थिएनन्, आफ्नै परिवारसँग आफ्नै देशमा रमाइरहेका हुने थिए,’ उनले भने ।