July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

1.1K

काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक विदा दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । उक्त न्यूनतम साझा कार्यक्रमलाई मन्त्रिपरिषद बैठकले पारित गरेको हो ।

Advertisement