सत्ता साझेदार दलका शीर्ष नेताको बैठक : सबै दलसँग विश्वासको मत माग्ने निर्णय" /> सत्ता साझेदार दलका शीर्ष नेताको बैठक : सबै दलसँग विश्वासको मत माग्ने निर्णय - Nepal Mamila
July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

1.7K

काठमाडौं : आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले सरकारका लागि संसदमा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको छ।

बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय गरेको छ। न्यूनतम साझा कार्यक्रमलाई छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ।

Advertisement

बैठकमा सत्ता साझेदार दलहरूबीच संघीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा समेत छलफल भएको छ। सत्ता साझेदारीबारे मूलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिट्टै सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ।

जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेश प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको एक नेताले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए।