July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

बामपन्थी एकताका लागि माओवादी केन्द्रले बनायो महरा नेतृत्वमा कार्यदल

1.3K

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ता र छलफल गर्न कार्यदल गठन गरेको छ ।

पार्टी पदाधिकारीको शनिवार बसेको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा महासचिव देव गुरुङसहित जनार्दन शर्मा,शक्ति बस्नेत र गिरिराजमणी पोखरेल सदस्य रहेका छन् ।

कार्यदलले नेकपा एकीकृत समाजवादीसहितका दलसँग छलफल गर्ने बताइएको छ । यसअघि नेकपा एस र जसपाले पनि कार्यदल गठन गरेका थिए ।

Advertisement

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको लागि माओवादी केन्द्रले छलफल गरेको छ । नेसपाले माओवादीकै चुनाव चिन्हबाट भाग लिएको थियो ।