May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

अहिलेको अवस्थामा सरकारमा सहभागी नहुने माधव नेपालको भनाइ

1.7K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अहिलेको अवस्थामा सरकारमा सहभागी नहुने बताएका छन् । नेपाल नेवा राष्ट्रिय संघ समाजवादीको  प्रथम अधिवेशनको भक्तपुरमा आयोजित कार्यक्रमलाई शनिवार बिहान उद्घाटन गर्दै अध्यक्ष नेपालले अबको ५ वर्ष पार्टी निर्माणमा लाग्नुपर्ने र  सरकार  सत्ताको लागि मात्र मरिहत्ते नगर्ने बताएका हुन् ।

नेपाल काङ्ग्रेससँगको गठबन्धन टुटेर नयाँ राजनैतिक समीकरण बनेपछि बसेको पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकबाट सरकारमा अहिले नै सहभागी  हुने निर्णय  भइनसकेको भन्दै अध्यक्ष नेपालले हामीले देशभरका जिल्ला अध्यक्ष र ईन्चार्जहरुसँग जुम मिटिङ गरेका थियौं । त्यस मिटिङमा साथिहरुले सरकारमा जान हतार गर्नु भन्दा पनि पार्टी निर्माणकार्यमा लाग्नु पर्ने सुझाव दिएको अध्यक्ष  नेपालको भनाइ थियो । 

पुस २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत दिने कि नदिने सरकारको नीति तथा कार्यक्रमका  आधारमा निर्णय गरिने भन्दै अध्यक्ष नेपालले  वामपन्थीहरूको मोर्चा बनाउन विभिन्न पार्टी र नेताहरुसँग छलफल चलिरहेको बताए  । ‘हामी मोर्चा बनाएर जाँदा बलियो हुनेछौं। त्यसपछि कसलाई र कुन पार्टीलाई समर्थन गरेर अगाडि बढ्ने  सोच्न सकिन्छ ।’, नेपालले भने ।

Advertisement