July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका उपमहासचिव खतिवडाबीच भेटवार्ता

1.2K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाबीच भेट भएको छ । प्रधानमन्त्रीको निम्तोपछि विभाग प्रमुख खतिवडाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।

दाहालसँग वर्तमान समसामयिक राजनीतिक विषयमा कुराकानी भएको खतिवडाले बताए । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न र विश्वासको मत दिन आग्रहसमेत गरेका बताइएको छ ।

Advertisement