काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।
मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच समसामयिक राजनीति, सभामुखको निर्वाचन, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।