July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी, वामपन्थी एकता र संगठन सुदृढीकरणमा जोड

1.1K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को तेस्रो पोलिटब्यूरो बैठक जारी छ । पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमवारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेको बताए ।

Advertisement

वामपन्थीहरूको एकताको सम्बन्धमा सबैको एकमत रहेको साथै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरू एकमत रहेको उल्लेख गर्नुभयो । बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राखेका छन् ।

वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रस्ताव नै नआएको भन्दै खतिवडाले यस सम्बन्धमा छलफल नभएको भन्दै बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको बताए । पार्टीको नीतिलाई स्पष्ट पार्नका लागि पोलिटब्युरो बैठक राखिएको भन्दै उनले परिपक्व निर्णय गरिने बताए । बैठक मंगलवार बिहान ११ बजे पुनः बस्ने बताईएको छ ।