January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु, पार्टीको आगामी रणनीति तय गर्दै

1.6K

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बाट सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।

बैठकले आगामी रणनीति तय गर्ने, वामपन्थी एकताका लागि छलफल अगाडि बढाउने लगायतका विषय बैठक सुरु भएको पार्टीका उम महासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । बैठकमा आफूलाई लागेको विषयमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्ने छन् भने अध्यक्षले राखेका राष्ट्रिय हित र कसैको दवामा नपर्ने हाम्रो पार्टीको आफ्नै दृष्टिकोण निर्माण गरेर अगाडि बढेको सन्दर्भमा त्यस प्रतिको धारणा र पुराना र नयाँ गठबन्धन प्रतिको धारणाका सवालमा छलफल हुने बताईएको छ ।

शनिवार र आइतबार पार्टीको स्थायी कमिटीको बैठकले बसेको थियो ।

Advertisement