November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँको उम्मेदवारी दर्ता

1.8K

काठमाडौं । काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले हेटौंडा–१० स्थित काँग्रेस संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् ।

संसदीय दलको नेताको निर्वाचनका लागि काँग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ । बिहान ८ बजेबाट उम्मेदवारी दर्ता खुल्ला हुने र उम्मेदवार दर्ताका लागि बिहान १० बजे सम्मको समयसीमा तोकिएको समितिले जनाएको छ । संसदीय दलको नेता बन्न ४५ हजार दस्तुर तोकिएको छ ।

Advertisement

निर्वाचन समितिका अनुसार दिउँसो २ बजेदेखि मतदान कार्यक्रम संचालन हुनेछ । मतदानको लागि एक घण्टाको समय निर्धारण गरिएको छ ।