March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

काँग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकियो, केहीबेरमा मतगणना सुरु हुने

1K

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा केहीबेर ढिला सुरू भएको थियो मतदान झन्डै २ घन्टापछि सकिएको हो।

केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्।

८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए। भोजपुरकी  सांसद माया राईलाई मतदान गराउन भने प्रतिनिधिहरू अस्पतालमै पुगेका थिए। 

Advertisement

दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ।