March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

मतदाताहरुसँगको भेटघाटमा उपमहासचिव खतिवडा

1.2K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा यतिखेर मतदाता संगको भेटघाटमा व्यस्त छन्। प्रतिधिनि सभा निर्वाचनमा उदयपुर २ मा सहभागी भएका उनी यतिखेर उदयपुरका मतदाताहरुसँग भेटघाटमा व्यस्त छन् ।

उनी उदयपुर २ का विभिन्न स्थानमा गठबन्धनमा आवद्ध नेता तथा कार्यकर्ताका साथ मतदाताबीच भेटघाटमा रहेका छन् । उदयपुर गढी गाउपालिका वडा नम्बर १ मा आम निर्बाचनपछि मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यकम सहभागी भएका हुन् ।

भेटघाटका क्रममा गठबन्धनमा आवद्ध रहेका सबि दल र दलका नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्दै नेता खतिवडाले निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्न खेलेको भूमिकाको उच्च प्रसंसा गरे । उनले चुनाव र त्यस अघि पछि पनि आफूले गरेका प्रतिबद्धता र यस क्षेत्रका आवश्यकताको बारेमा आफू सधै प्रतिबद्ध भएर लाग्ने भन्दै आगामी ५ वर्षसम्म गठबन्धनका सबै सदस्यहरुलाई साथ दिने सँगै हिँड्ने र रौतामाई क्षेत्रको पर्यटकीय क्षेत्र जलाधार क्षेत्र निर्माण गर्दै गुरु योजना बनाएर अगाडि बड्ने सगरमाथा हलेसी खोटाङ जाने सडक सुनकोसी करीडोरको सडक विकास लगायतका आफू निर्वाचनमा सरिक भएको उदयपुर २ सहित सिंगो उदयपुरको विकासमा आफूले गरेका प्रतिबद्धता पुरा गर्न लागि पर्ने बताए । उनले उदयपुरवासीको माया र सद्भावको प्रसंसा गर्दै मतदान गर्ने सबै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

Advertisement