March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

पशुपति शमशेरले खुवाउने भए सांसदहरुलाई शपथ

1.8K

काठमाडौं । राप्रपाका समानुपातिक सांसद पशुपति शमशेर जबराले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने भएका छन् । संसद्मा सबैभन्दा ज्येष्ठ सांसदका आधारमा जबराले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने भएका हुन् ।

जनमोर्चाका चित्रबहादुर केसी भन्दा पशुपतिशमशेर जबरा १ महिना २६ दिन जेठो निस्किएपछि जबराले शपथ गराउने भएका हुन् ।

ज्येष्ठ सदस्य टुङ्गो लागेपछि सङ्घीय संसद्ले राष्ट्रपति कार्यालयलाई पत्र पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएपछि जबराले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने छन् ।

Advertisement