March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

मातृभाषामा सपथ लिने सांसदले सचिवालयलाई जानकारी गराउनु पर्ने

2.3K

काठमाडौं । मातृभाषामा सपथ लिने सांसदले ३ दिनअघि नै संसद सचिवालयलाई जानकारी गराउनु पर्ने भएको छ । ७ पुस १ बजे सपथ ग्रहणको कार्यक्रम तोकिएको हुँदा सांसदहरुले आजै संसद सचिवालयलाई आफूले मातृ भाषामा सपथ लिन लागेको हो भने सो को जानकारी गराउनु पर्ने जनाइएको छ ।

राष्ट्रपतिले पुस १० गतेसम्ममा नयाँ सरकार गठनका लागि आह्वान गरिसकेकोले त्यसअघि नै प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण गराइसक्नुपर्ने छ ।

नवनिर्वाचित सांसदहरुमध्ये सबैभन्दा जेष्ठ सांसदले राष्ट्रपतिसँग र ती जेष्ठ सांसदले अन्य सबै सांसदलाई सपथ ग्रहण गराउनु पर्ने व्यवस्था छ ।

Advertisement