March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

एकीकृत समाजवादीका सांसदहरूबीच बधाई साटासाट

990

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसदहरूले बधाई साटासाट गरेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा निर्वाचित सांसदहरूले बधाई साटासाट गरेका हुन् ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित पार्टीका नेताहरु सहभागी कार्यक्रममा प्रदेश तथा प्रतिनिधि सभाका सांसदहरूले एक अर्कालाई माला लगाइदिएर बधाई तथा शुभकामना आदानप्रदान गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा तर्फ १० जना सांसद तथा प्रदेश सभामा प्रत्यक्ष र समानुुपातिकका २५ सांसद् रहेका छन् ।

Advertisement

निर्वाचित सांसदहरूलाई सफल कार्यकालको शुभकामना दिँदै पार्टीका अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झलनाथ खनाल महासचिव डा वेदुराम भुुसालले बधाई तथा सफल कार्यकालको शुुभकामना दिएका थिए ।

नेताहरुले सांसदहरूलाई पार्टीको नीति सिद्धान्तअनुसार काम गर्न पनि निर्देशन दिएका थिए ।