March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

दलको नेता चुन्न एकीकृत समाजवादीले बोलायो बैठक

955

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको छ । संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीले आज सोमबार दिउँसो १ः३० बजे काठमाडौंमा पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बोलाएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेसँगै पार्टीहरु भेला बैठकमा लागेका हुन । प्रतिनिधिसभामा १० सिट जितेको एकीकृत समाजावादी बाट अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेता निर्वाचित हुने निश्चित छ ।

नेकपा एकीकृत समाजवादीले आजै विहान ११ बजे प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सभासद्हरूलाई पार्टी केन्द्रीय कार्यालयमा बधाइ तथा शुभकामना दिने कार्यक्रम पनि तय गरेको छ ।

Advertisement

त्यसैगरी पार्टीले मंगलबार नै सचिवालय बैठक पनि बोलाएको छ ।