November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश मुख्यमन्त्रीमा सिफारिस १५ सांसदलाई मुख्यमन्त्री राईले गरे निलम्बन

3K

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले प्रदेश मुख्यमन्त्रीमा सिफारिस गरेका भीम आचार्यसहित १५ सांसदलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका छन्। ओली पक्षका मुख्यमन्त्री राईले उनीहरूलाई निलम्बन गरेका हुन्। 

आचार्यलाई संसदीय दलको नेता चयन गरी प्रचण्ड-माधव नेकपा समूहले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएको थियो। प्रचण्ड माधव समूहले आफूलाई हटाएपछि राईले काउन्टरमा १५ सांसदलाई निलम्बन गरेका हुन्।

निलम्बनमा पर्नेहरुमा भीम आचार्यसँगै राजेन्द्रकुमार राई, इन्द्र आङ्बो, मोहनकुमार खड्का, यशोदा अधिकारी, जीवन घिमिरे, विजयकुमार विश्वास, सावित्राकुमार रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठलाई निलम्बन मुख्यमन्त्री राईले निलम्बन गरेका हुन्।

Advertisement