March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

कम्युनिष्ट पार्टीलाई परिणाममुखी बनाउनुपर्छ: डा बेदुराम भुसाल

1.3K

काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं निर्वाचन क्षेत्रं. न.९ क ले बनभोज कार्यक्रमको आयोजना गरेको छ । शनिवार काठमाडौँस्थित चोभार डाँडामा बनभोज कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले कम्युनिष्ट पार्टीलाई परिणाममुखी बनाउन लाग्नुपर्ने बताए । उनले पार्टी र सङ्गठनका काममा निरन्तर लाग्नु पर्ने भन्दै निर्वाचनमा पार्टीको काममा निरन्तर लाग्नुहुने नेता कार्यकर्ताहरूलाई धन्यवाद समेत दिए । उनले कार्यकर्ताहरूलाई हतोत्साहित नहुन भन्दै त्यस्ता प्रसस्त आधारहरू भएको बताए । पार्टीको शक्तिलाई पुनर्गठित गर्दै आगामी चुनावको तयारीमा लाग्न थप आशा र उत्साहका साथ संगठन निर्माणमा लाग्न निर्देशन समेत दिए ।

कार्यक्रममा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ, पार्टीका अनुशासन आयोगका सदस्य सिताराम नेपाल, काठमाडौँ क्षेत्र नं. ९ का क्षेत्रीय कमिटी संयोजक तोरण थापा लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

Advertisement

विभिन्न सांगीतिक कार्यक्रमका माझ भएको बनभोज कार्यक्रममा पार्टीका केन्द्र जिल्ला, क्षेत्रीय कमिटी सहित विभिन्न जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।