February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

दुई दिनभित्र राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आब्हान गर्ने

2.3K

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरेकी छन्।

निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उनी परामर्शमा रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीकाले जानकारी दिए । शनिबार बिदा रहेकाले त्यसलगत्तै कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुनसक्ने बताए ।

प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पु¥याउन आह्वान गर्नुहुने सम्भावना रहेको बताए । यसको तयारी भइरहेको जानकारी दिए । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

Advertisement

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गरिरहँदा दलहरू पनि आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् ।